पाँच सयभन्दा बढी संक्रमित भए निषेधाज्ञा, दुई सयभन्दा बढी भए लकडाउन

काठमाडाैं, १७ भदाै । सरकारले कोरोना भाइरसको सङ्क्रमण ५०० भन्दा बढी भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा बन्दाबन्दी गर्न निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोभिड–१९ को सङ्क्रमणलाई रोक्नका लागि ५०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी सङ्क्रमण भएका जिल्लामा बन्दाबन्दी गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको बताए ।

पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला १२ वटा रहेका छन् । मोरङ, सुनसरी, बारा, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, पर्सा, चितवन, काठमाडौँ, ललितपुर र रुपन्दही रहेका छन् ।

Loading...