एकै परिवारका ७ जनामा कोरोना संक्रमण

राजविराज, १७ भदौ । सप्तरीको कञ्चनरुप नगरपालिकामा बुधबार एकै परिवारका सात जनामा कोरोना संक्रमण भेटिएको छ । कञ्चनरुप नगरपालिका–६ मा सात जनामा कोरोना भेटिएको हो ।

वडा नम्बर ६ का ६२, ३६, १३, १२, १०, वर्षीय पुरुष र ६२, ३० वर्षीया महिलामा कोरोना संक्रमण भेटिएको हो । उनीहरू सबै जना एकै परिवार हुन् । यस्तै आजै संक्रमित भएका कञ्चनरुप नगरपालिका–२ का २५, २१ वर्षीय पुरुष पनि एकै परिवारका रहेका छन् ।

आज सो नगरपालिकामा १० जनामा कोरोना पुष्टि भएको थियो । गजेन्द्र नारायण सिंह अस्पताल राजविराजले कञ्चनरुपको ६६ जनाको सार्वजनिक गरेको रिपोर्टमा ५६ जनाको नेगेटिभ रहेको छ । तीमध्ये १० जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

यससँगै संक्रमितको संख्या १२७ महिला र ६९१ गरी ८१८ पुगेको छ । तीमध्य ७७ महिला र ५२८ पुरुष गरी ६०५ जना निको भएको स्वास्थ्य कार्यालयका निमित प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।

Loading...