Rumpum

Rumpum Advertisement

भोजपुर र ताप्लेजुङसहित सात जिल्ला कोरोना संक्रमणमुक्त

भोजपुर र ताप्लेजुङसहित सात जिल्ला कोरोना संक्रमणमुक्त

विराटनगर, १७ भदाै । पछिल्लाे २४ घण्टायता गप पाँच जिल्ला कोरोना भाइरस सङ्क्रमणबाट मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोलुखुम्बु, भोजपुर, ताप्लेजुङ, डोल्पा र मुगु कोरोनामुक्त भएकाे जानकारी दिएका हुन् ।

यससँगै नेपालका ७७ जिल्लामध्ये ७ जिल्ला संक्रमणमुक्त थिए । यसअघि मुस्ताङ र हुम्ला संक्रमणमुक्त थिए ।