सिटी र लिभरपुललाई चेल्सीका नयाँ खेलाडी वेर्नरको चेतावनी

एजेन्सी, १७ भदौ । चेल्सीका नयाँ खेलाडी टिमो वेर्नरले प्रिमियर लिग क्लबद्वय म्यानचेस्टर सिटी र लिभरपुललाई चेतावनी दिएका छन् । यसै सिजन मात्र जर्मन क्लब आरबी लेइपजिगबाट स्टाम्फोर्ड ब्रिज आएका उनले चेल्सी सिटी र लिभरपुलसँग भिड्न तयार रहेको बताएका हुन् ।

प्रशिक्षक फ्रान्क लाम्पार्ड आफूहरू सिटी र लिभरपुलको स्तरमा पुग्न कठिन कार्यमा जुटेको बताउँदै उनले नयाँ सिजनका लागि आफूहरू तयार रहेको बताएका हुन् ।

नयाँ सिजनको प्रिमियर लिग १२ सेप्टेम्बरबाट सुरु हुँदैछ । चेल्सीले १४ सेप्टेम्बरमा ब्राइटनविरुद्ध खेल्दै नयाँ सिजनको सुरुआत गर्नेछ । अघिल्लो सिजन चौथो स्थानमा रहँदै चेल्सीले लिगको अन्त्य गरेको थियो ।

जर्मन खेलाडी वेर्नर ४७ मिलियन युरोमा स्टाम्फोर्ड ब्रिजमा अनुबन्ध भएका हुन् । उनले ब्राइनटविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै चेल्सीबाट डेब्यू गरिसकेका छन् । १–१ गोलको बराबरीमा सकिएको सो खेलमा वेर्नरले डेब्यू गोल गरेका थिए ।

२४ वर्षीय वेर्नरले लाम्पार्डसँग प्रशिक्षण अनुभव संगालीसकेका छन् ।

‘उहाँसँगको पछिल्लो काम धेरै राम्रो रह्यो । उहाँ पूरा टिमका लागि प्रेरणादायी व्यक्ति हुनुहुन्छ । उहाँले महान् काम गर्दैहुनुहुन्छ र भविष्यका योजनाका बारेमा छलफल गरिरहनुहुन्छ । सिटी र लिभरपुलसँग कसरी भिड्ने भन्नेबारे पनि योजना बनिरहेको छ’, उनले भने ।

‘मेरो विचामार चेल्सी एक ठूलो क्लब हो र हामी नयाँ स्तरमा पनि पुग्न सक्छौं । हामीसँग एक कुशल प्रशिक्षक मात्र होइन केही राम्रा खेलाडी पनि छन् । जसले चेल्सीलाई सावित गर्ने कुरामा सहयोग गर्न सक्छन्’, उनले थपे ।

Loading...