भारतमा ६० वर्ष वा सोभन्दा बढी उमेरका ५१ प्रतिशत संक्रमितको मृत्यु

एजेन्सी, १७ भदौ । भारतमा कोरोना भाइरसका कुल संक्रमितमध्ये ५४ प्रतिशत १८ देखि ४४ वर्षबीचका मानिसहरू रहेको बताइएको छ ।

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण र मृत्यु प्रकरणका ग्राफ ट्वीट गरेर यससम्बन्धमा जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार ६० वर्ष वा सोभन्दा बढी उमेरका ५१ प्रतिशत संक्रमितहरूको मृत्यु भएको छ ।

त्यस्तै, १७ वर्षभन्दा कम उमेरका बच्चा तथा किशोरकिशोरीहरूमा ८ प्रतिशत कोरोनाको संंक्रमण र एक प्रतिशत मृत्यु देखिएको छ ।

बीबीसीमा उल्लेख गरिएअनुसार १८ देखि २५ वर्ष बीचका युवाहरूमा १४ प्रतिशतमा कोरोना संक्रमितहरू भेटिएका छन् भने यीमध्ये एक प्रतिशतको मृत्यु भएको छ ।

२६ देखि ४४ वर्ष बीचका व्यक्तिहरूमा २६ प्रतिशत कोरोनाको संक्रमण भएको र ११ प्रतिशतको मृत्यु भएको देखा परेको छ । त्यस्तै, ४५ देखि ६० वर्ष उमेर समूहमा ३६ प्रतिशतको मृत्यु र २६ प्रतिशत कोरोनाको संक्रमणहरू रिपोर्ट गरिएको छ ।

भारतमा गत २४ घण्टामा ७८ हजारभन्दा धेरै कोरोना भाइरस संक्रमणको रिपोर्ट गरिएको छ भने १ हजार बढीको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोना भाइरस संक्रमितको कुल संख्या बढेर ३७ लाख कटेको छ । 

Loading...