Rumpum

Rumpum Advertisement

कोरोना प्रभावित नेपाली खेलाडीलाई एशियाली ह्याण्डबल महासंघको सहयोग

कोरोना प्रभावित नेपाली खेलाडीलाई एशियाली ह्याण्डबल महासंघको सहयोग

विराटनगर, १७ भदौ । एशियाली ह्याण्डबल महासंघले नेपालमा कोरोना भाइरसका कारण प्रभावित भएका ह्याण्डबलका खेलाडी र प्रशिक्षकलाई सहयोग गरेको छ । महासंघले प्रभावित खेलाडी र प्रशिक्षकको सहयोगका लागि ७ लाख ६५ हजार रुपैयाँ पठाएको हो ।

नेपाल ह्याण्डबल संघले सो रकमले खेलाडी, पूर्वखेलाडी, प्रशिक्षक, रेफ्री सबैको कोरोना बीमा गर्ने भएको छ । नेपाल ह्याण्डबल संघका अध्यक्ष तेजबहादुर गुरुङले एशियाली ह्याण्डबल संघबाट ६ हजार स्विस फ्रांक संघमा आएको बताए ।

सो रकमले सबै खेलाडी, प्रशिक्षक, रेफ्रीको कोरोना बीमा गर्नका लागि संघले सबैको सूची बनाउने काम पनि सुरु गरिसकेको अध्यक्ष गुरुङले जानकारी दिए ।

यसका साथै संघले बीमाबाट बचेको रकमले कोरोनाबाट प्रभावित भएका खेलाडीको पहिचान गरेर सहयोग गर्ने छ ।

नेपालमा ३२ जिल्लामा ह्याण्डबलको आधिकारीता रहेको छ ।