Rumpum

Rumpum Advertisement

एयर अरेबियालाई यात्रुको पैसा फिर्ता गर्न निर्देशन

एयर अरेबियालाई यात्रुको पैसा फिर्ता गर्न निर्देशन

काठमाडौ, १७ भदौ । सरकारले एयर अरेबियालाई यात्रुबाट संकलन रकम फिर्ता गर्न निर्देशन दिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले २५ अगष्टमा १६१ यात्रु लिएर युएईको सारजाहबाट काठमाडाैं आएका १४२ जना यात्रुबाट संकलन गरेकाे क्वारेन्टाइन बापतकाे रकम गराउन निर्देशन दिएका हुन् ।

मन्त्रालयमा आज नियमित उडानहरुको भाडा दर र चार्टर उडानको गुनासोको सम्बन्धमा बसेको बैठकमा पर्यटनमन्त्री भट्टराईले यात्रुको रकम फिर्ता गर्न एयर अरेबियालाई निर्देशन दिएको पर्यटन मन्त्रीको निजी सचिवालयले जनाएको छ ।

एयर अरेबियाले १४२ जना पीसीआर गरेको, १८ जना आरडीटी गरेको र एकजनाको परीक्षण नगरेको यात्रु ल्याएर सबैलाई होटल क्वारेन्टिनमा राखेपछि सोबापतको रकम फिर्ता गराउन मातहतका निकायलाई पर्यटनमन्त्रीले निर्देशन दिएका हुन् । मन्त्री भट्टराईले सबै यात्रुबाट होटल खर्च उठाएको तर पछि यात्रुले नै तिरेको गुनासो आएपछि तुरुन्तै रकम फिर्ता गराउन र फिर्ता नगरे कारबाही गर्नसमेत निर्देशन दिए ।

अन्तर्राष्ट्रिय नियमित उडानहरु महँगो भएको गुनासो आएपछि मन्त्री भट्टराईले नेपाल वायु सेवा निगमका र हिमालय एयरलाइन्सको उडान भएको सेक्टरमा वायुसेवा निगमले तय गरेको भाडादरअनुसार उडान गराउन विदेशी एयरलाइन्सलाई उडान अनुमति दिन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिए ।