सिरी ‘ए’ खेल तालिका : युभेन्टसको पहिलो प्रतिद्वन्द्वी साम्पोडोरिया

एजेन्सी, १७ भदौ । नयाँ सिजनको इटालियन सिरी ‘ए’ को खेल तालिका सार्वजनिक भएको छ । बुधबार दिउँसो सार्वजनिक गरिएको उक्त खेल तालिकाअनुसार २०२०–२१ को सिरी ‘ए’ यही सेप्टेम्बरको तेस्रो साताबाट सुरु हुनेछ ।

१९ सेप्टेम्बरबाट सुरु हुने लिगमा डिफेन्डिङ च्याम्पियन क्लब युभेन्टसले आफ्नो पहिलो खेलमा साम्पोडोरियासँग खेल्नेछ । यो खेल युभेन्टसको मैदानमा हुनेछ ।

इन्टर मिलानले उद्धाटन खेलमा नव प्रवेशी क्लब बेनेभेन्टोसँग खेल्नेछ । लाजियोले पहिलो प्रतिद्वन्द्वीका रूपमा अटलान्टालाई पाएको छ भने एसी मिलानले बोलोग्नासँग पहिलो खेल खेल्नेछ ।

लिग २३ मे २०२१ मा सकिनेछ । अघिल्लो सिजनकाे उपाधि युभेन्टसले जितेकाे थियो भने इन्टरले दोस्रो स्थानमा रहँदै लिगकाे अन्त्य गरेकाे थियो ।

Loading...