Rumpum

Rumpum Advertisement

१५ किलो गाँजासहित एक जना पक्राउ

१५ किलो गाँजासहित एक जना पक्राउ

उदयपुर, १७ भदौ । उदयपुरबाट १५ किलो लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । कटारीताप्ली गाउँपालिका–५ सल्लेका हुपबहादुर मगर लागूऔषध गाँजासहित पक्राउ परेका हुन् ।

मंगलबार राति उनकै घरबाट १५ केजी गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

मगरले आफ्नै घरमा गाँजा सञ्चय गर्ने र मौका छोपी विक्री-वितरण गर्ने गरेको विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा उक्त परिणामको गाँजा फेला पारी बरामद गरेको हो ।

पक्राउ परेका मगरमाथि लागूऔषध ऐनअन्तर्गत कानूनी कारवाही अगाडि बढाइएको उक्त कार्यालयले जनाएको छ ।