विराटनगरमा ४४ सहित प्रदेशमा थपिए १३७ संक्रमित, ८४ जना संक्रमणमुक्त

विराटनगर, १७ भदौ । विराटनगरमा ४४ सहित प्रदेश १ मा थप १ सय ३७ जना कोरोना संक्रमित थपिएका छन् । बुधबार सुनसरीमा ७१, मोरङमा ४७, झापामा ११, भोजपुरमा ३, पाँचथरमा १ र प्रदेश १ बाहिरका ४ जना संक्रमित थपिएका हुन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ५ सय ९१ पुगेको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगरमा २१ महिला र २३ पुरुष, धनपालथानमा २ पुरुष र स्थानीय तह नखुलेको दुई संक्रमित थपिएका छन् ।

सुनसरीको इटहरीमा ५८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण देखिएकामध्ये ७ महिला र ५१ जना पुरुष छन् । धरानमा ७, बर्जुमा २, इनरुवा र भोक्राहा–नरसिंहमा १–१ र स्थानीय तह नखुलेका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

झापाको कमल गाउँपालिकामा ३ महिला ३ पुरुष, मेचीनगरमा ३ पुरुष, विर्तामोड र गौरीगञ्जमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

भोजपुरको हतुवागढीमा ३ पुरुष, पाँचथरको स्थानीय तह नखुलेका १ पुरुष र प्रदेश १ बाहिरका २ महिला २ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ८४ जना डिस्चार्ज भएका छन् । आजसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ६८७ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ३४९ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ३३ महिला र १ सय ४ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

Loading...