नेपालमा २५१ जनाको कोरोना संक्रमणबाट ज्यान गयो

विराटनगर, १७ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या २५१ पुगेको छ ।

बुधबार १२ जनाको मृत्यु भएसँगै संक्रमणको कारण ज्यान गुमाउनेको संख्या २५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार आज ६ पुरुष र ६ महिला गरी १२ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरूमा चितवनका २ महिला, काठमाडाैं, ललितपुर, तनहुँ र कपिलवस्तुका एक-एक महिला रहेका छन् ।

यस्तै काठमाडाैंका २ पुरुष, बारा, चितवन, धादिङ र भक्तपुरका एक-एक पुरुषकाे काेराेनाबाट ज्यान गएकाे हाे ।

आज ३२० महिला र ८०० पुरुष गरी थप ११ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै जम्मा संक्रमितकाे संख्या ४१ हजार ६४९ पुगेकाे छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १८ हजार १०८ रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या संख्या २३ हजार २९० पुगेको छ । पछिल्लो २४ घण्टामा थप ११ सय १२ जना कोरोनालाई जितेर घर फर्किएका छन् । कुल संक्रमितमध्ये ५६ प्रतिशतले काेराेना जितेका हुन् ।

Loading...