आज थप ११ सय २० जनामा कोरोना पुष्टि

विराटनगर, १७ भदौ । नेपालमा बुधबार थप ११ सय २० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज ३२० महिला र ८०० पुरुष गरी थप ११ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

यससँगै जम्मा संक्रमितकाे संख्या ४१ हजार ६४९ पुगेकाे छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १८ हजार १०८ रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या संख्या २३ हजार २९० पुगेको छ । पछिल्लो २४ घण्टामा थप ११ सय १२ जना कोरोनालाई जितेर घर फर्किएका छन् । कुल संक्रमितमध्ये ५६ प्रतिशतले काेराेना जितेका हुन् ।

बुधबार थप १२ जनाकाे मृत्यु भएसँगै काेराेनाबाट ज्यान गुमाउनेकेा संख्या २५१ पुगेकाे छ ।

Loading...