बुधबार थप ११ सय १२ जना कोरोना संक्रमणमुक्त

बुधबार थप ११ सय १२ जना कोरोना संक्रमणमुक्त

विराटनगर, १७ भदौ । नेपालमा बुधबार थप ११ सय १२ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको पत्रकार सम्मेलनमा थप ११ सय १२ जनाले कोरोना जितेको जानकारी दिएको छ ।

यससँगै संक्रमणमुक्त हुनेको संख्या २३ हजार २९० पुगेको छ । कुल संक्रमितमध्ये ५६ प्रतिशतले काेराेना जितेका हुन् ।

आज ३२० महिला र ८०० पुरुष गरी थप ११ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै जम्मा संक्रमितकाे संख्या ४१ हजार ६४९ पुगेकाे छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १८ हजार १०८ रहेको छ ।

बुधबार थप १२ जनाकाे मृत्यु भएसँगै काेराेनाबाट ज्यान गुमाउनेकेा संख्या २५१ पुगेकाे छ ।