निषेधाज्ञा अझै कडा बनाउन माग

काठमाडौं, १७ भदौ । उपत्यका नगरपालिका फोरमले निषेधाज्ञालाई कडाइ गर्न माग गरेको छ ।

उपत्यकाका १८ वटै पालिकाका प्रमुख र उपप्रमुख आबद्ध रहेको उपत्यका फोरमले निषेधाज्ञा अझै कडा गर्नुपर्ने आवश्यकता औंल्याएको हो ।

फोरमका सचिव मदनसुन्दर श्रेष्ठले कोरोना संक्रमण बढ्दै गएकोले एक हप्ता थप कडाइका साथ निषेधादेश लागू गर्न सुझाव दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि अझै कडाइ गर्न सुझाव दिएको बताइएको छ ।

काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञाको समय बुधबार मध्यरातिदेखि सकिँदैछ । उपत्यकामा १३ भदौदेखि एक(एक सातामा समय थप गर्दै निषेध आदेश लागू गरिएको हो ।

भदौको दोश्रो साता लागू गरिएको निषेध आदेशको समय आज रातिबाट सकिन लागेको हो । अहिले मुलुकका ४३ जिल्लामा निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयले जनाएको छ ।

Loading...