एरिक विस्ट कोरोना संक्रमणमुक्त

विराटनगर, १७ भदौ । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य एरिक विष्टले कोरोना भाइरस संक्रमणलाई जितेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले आफू कोरोना संक्रमणमुक्त भएको जानकारी दिए ।

तीन साताअघि कोरोना पोजिटिभ देखिएका विष्टको पछिल्लो पीसीआर रिर्पोट नेगेटिभ आएको हो । पाँच दिनअघि टेकुमा स्वाब दिएका उनको कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्वकप छनोटअन्तर्गतका खेलका लागि खेलाडी तथा अफिसियलहरूको कोरोना परीक्षण गर्दा विष्टमा कोरोना संक्रमण पाइएको थियो । दुई हप्ता लामो आइसोलेशन बसाईपछि उनी कोरोना संक्रमणमुक्त भएका हुन् ।

कोरोना संक्रमण पुष्टि भएसँगै चिनजानका मानिसहरूको फेरिएको व्यवहारले आजित भएका उनले स्वास्थ्यमा ध्यान दिएका कारण कोरोनामुक्त हुन सफल भएको बताए । यस्तै उनले कोरोना संक्रमितलाई हेर्ने दृष्टिकोण राम्रो नभएको बताए ।

विष्ट नेपालमा कोरोना संक्रमण देखिने खेल क्षेत्रका तेस्रो ब्यक्ति थिए । तीनै जना अहिले कोरोनामुक्त भएका छन् । एरिकले अघिल्लो सिजन न्युरोड टिम (एनआरटीबाट) लिग खेलेका थिए ।

As an aspiring athlete looking to compete at the highest level, my hopes for a better future are entirely dependent on…

Posted by Arik Lallana Bista on Tuesday, September 1, 2020
Loading...