मल नपाएको झोंकमा सहकारीमा आगो लगाउन खोज्ने पक्राउ

झापा, १७ भदौ । मल नपाएको झोंकमा सहकारीमा आगो लगाउन खोज्ने पक्राउ परेका छन् ।

झापाको अर्जुनधारा नगरपालिकास्थित कालिका बहुउद्देश्यीय सहकारी संस्थामा आगजनीको प्रयास गर्ने अर्जुनधारा–९ का देवी पौडेल पक्राउ परेका हुन् ।

मंगलबार उक्त सहकारी संस्थाले युरिया मल बाँड्ने कार्यक्रम थियो । मल नपाएको झोँक देखाउँदै उत्तेजित भएका पौडेलले संस्थाको व्यवस्थापकको कोठामा पेट्रोल छर्किएर आगजनीको प्रयास गरेका थिए ।

पेट्रोल छर्केर आगो लगाउँदै गर्दा पौडेललाई शनिश्चरे प्रहरी चौकीबाट खटिएका प्रहरीले पक्राउ गरेका थिए । अध्यक्ष कर्णबहादुर तामाङका अनुसार संस्थामा ५० केजी तौलको ४० बोरा मल आएको थियो ।

मल माग्न आएका सबै किसानलाई नपुग्ने भएपछि संस्थाले एक साताअघि नाम टिपाएका किसानलाई मात्र १० केजीका दरले मल बाँडेको थियो ।

Loading...