चट्याङमा परेर एकको मृत्यु

चट्याङमा परेर एकको मृत्यु

बागलुङ, १७ भदौ । बागलुङमा अविरल वर्षासँगै परेको चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।

जिल्लाको बडिगाड गाउँपालिका–१० दर्लिङका ५० वर्षीय अशोक बुढाको चट्याङ लागेर गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

घर नजिकैको पसलमा आवश्यक सामग्री खरिद गरेर फर्कने क्रममा मंगलबार साँझ अविरल वर्षासँगै परेको चट्याङले लागेर बेहोस भई लडिरहेका अवस्थामा स्थानीयले उद्दार गरी घरमा राखिरहेको अवस्थामा गएराति ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।