Rumpum

Rumpum Advertisement

पहिरामा पुरिएर मृत्यु

पहिरामा पुरिएर मृत्यु

पाल्पा, १७ भदौ । तिनाउ गाउँपालिका–३ स्थित श्रीडाँडामा ढुंगासहितको पहिरो खस्दा गएराति एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा माथागढी गाउँपालिका–७ रहवासकी २९ वर्षीया समीक्षा सोमै रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक मदन गिरीले जानकारी दिए ।

पहिरो खस्दा घाइते भएकी सोमैको बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको प्रउ गिरीले बताए । सोमैकी तीन वर्षीया छोरी करिष्मा पहिराले च्यापेर घाइते भएकी छन् । उनको लुम्बिनी सिटी अस्पतालमा उपचार भइरहेको छ ।