Rumpum

Rumpum Advertisement

पत्रकारद्वारा कल्याण कोषका लागि आर्थिक सहयोग

पत्रकारद्वारा कल्याण कोषका लागि आर्थिक सहयोग

भोजपुर, १७ भदौ । नेपाल पत्रकार महासंघ भोजपुर शाखामा पत्रकार कल्याण कोष स्थापना गरिएको छ । क्रियाशील पत्रकारको हितका लागि कल्याण कोषको स्थापना गरिएको हो ।

भोजपुरका पत्रकार मोहन तामाङले आफ्नो जन्मदिनको अवसरमा नेपाल पत्रकार महासंघ भोजपुरद्वारा सञ्चालित उक्त कल्याण कोषमा सहयोग गरेका छन् । जन्मदिनमा गरिने विभिन्न पार्टी, भोजमा फजुल खर्च गर्नुभन्दा पत्रकारकै हितमा कोषका लागि पाँच हजार सहयोग गरेको तामाङले बताए ।

यता नेपाल पत्रकार महासंघ भोजपुरका कार्यवाहक अध्यक्ष एक्सन राईले पनि सोही कोषमा १० हजार रकम जम्मा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।