Rumpum

Rumpum Advertisement

इटहरीमा ५८ सहित सुनसरीमा थपिए ६७ संक्रमित

इटहरीमा ५८ सहित सुनसरीमा थपिए ६७ संक्रमित

इटहरी, १७ भदौ । इटहरी उपमहानगरपालिकामा ५८ सहित बुधबार सुनसरीमा ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो हालसम्मकै उच्च संक्रमण पुष्टि भएको संख्या हो । हिजो ५६ जनामा कोरोना संक्रमण देखिएको थियो ।

स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ फोकल पर्सन तथा पब्लिक हेल्थ नर्स सिर्जना लिङ्थेपले दिएको जानकारीअनुसार सातजना महिला र ६० जना पुरुष गरी ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज संक्रमित पुष्टि भएकामा इटहरी उपमहानगरका ५८ जना, धरानका सातजना, भोक्राहा–नरसिंह गाउँपालिकाका एकजना, इनरुवाका एकजना गरी जम्मा ६७ जना छन् ।

योसँगै सुनसरीमा कोरोना संक्रमितको कुल संख्या आठ सय ३० पुगेको छ भने तीन सय ८५ जना कोरोनामुक्त भएका छन् । सक्रिय संक्रमित चार सय ३० जना रहेका छन् भने छजनाको मृत्यु भएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।