Rumpum

Rumpum Advertisement

चट्याङ लागेर एकको मृत्यु

चट्याङ लागेर एकको मृत्यु

ताप्लेजुङ, १७ भदौ । ताप्लेजुङमा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ ।

मंगलबार अपराह्न परेको चट्याङ लागेर फुङलिङ नगरपालिका–१० फुरुम्बूकी दुर्गा भट्टराईको ज्यान गएको हो । चट्याङ लागेपछि घाइते भएकी भट्टराईको उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटैमा ज्यान गएको हो ।

यसैबीच चट्याङकै कारण सिरिजंघा गाउँपालिकास्थित तेल्लोकका दुई र पेदाङका तीन गरी पाँचजना घाइते भएका छन् । सामान्य घाइते भएका उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ । मंगलबार दिउँसोदेखि नै ताप्लेजुङमा मेघगर्जनसहित वर्षा भएको थियो ।