Rumpum

Rumpum Advertisement

संक्रमित गर्भवतीले जन्माइन् हेलिकप्टरमै सन्तान

संक्रमित गर्भवतीले जन्माइन् हेलिकप्टरमै सन्तान

विराटनगर, १७ भदौ । इटालीमा एक महिलाले उडानकै क्रममा हेलिकप्टरमै सन्तानालाई जन्म दिएकी छन् ।

गर्भवती रहेकी उनलाई लाम्पेदुसा आइल्याण्डको होल्डिङ्ग सेन्टरबाट हेलिकप्टर मार्फत उद्धार गरिएको थियो । हेलिकप्टरमै बच्चा जन्माउने उनी आप्रवासी रहेको बीबीसीले जनाएको छ ।

इटालीमा पछिल्ला वर्षमा आप्रवासीको संख्या बढ्दो क्रममा छ । अवैध रुपमा युरोप प्रवेश गरेका आप्रवासीहरुको उद्धार गरेको पानीजहाजलाई रोकेर त्यसमा रहेका तीन सय ५३ लाई ओराल्न मंगलबार स्वीकृति प्रदान गरिएको थियो ।

महिलालाई सुत्केरी बेथा लागेपछि गरिएको परीक्षणमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । त्यसपछि हेलिकप्टरमै राखेर उनलाई पालेर्मोको अस्पताल लगिएको थियो।

उडिरहेकै हेलिकप्टरमा सन्तान जन्माएकी ती महिलाको पहिचान खुलाइएको छैन । उपचारका लागि नयाँ जन्मिएका सन्तानसहित पालेर्मोको अस्पतालमा भर्ना गरिएको छ ।