९७ वर्षीय संक्रमितको मृत्यु

विराटनगर, १७ भदौ । वीरगञ्जमा कोरोना भाइरस संक्रमित ९७ वर्षीय वृद्ध पुरुषको मृत्यु भएको छ ।

बाराको सिम्रौनगढ नगरपालिका ९ का वृद्धको बुधबार बिहान १ बजे उपचारका क्रममा नारायणी अस्थायी कोरोना विशेष गण्डक अस्पतालमा मृत्यु भएको हो । भदौ १२ गते स्वाब संकलन गरिएका उनमा भदौ १४ गते कोरोना पुष्टि भएको थियो ।

कोरोनासँग मिल्ने केही लक्षण देखिएपछि उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो ।

Loading...