भैरहवामा कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगर, १७ भदौ । भैरहवामा कोरोना भाइरसबाट संक्रमित एक वृद्धा महिलाको मंगलबारराति मृत्यु भएको छ ।

मृतक ६५ वर्षीया महिला रामग्राम नगरपालिका नवरपरासी पश्चिमकी हुन् । उनको भैरहवाको भीम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । भदौ १४ गते कोरोना पुष्टि भएकी महिलालाई उपचारका लागि सोमबार उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

महिलामा खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि आईसीयूमा राखेर उपचार थालिएको थियो ।

Loading...