डोनाल्ड ट्रम्पद्धारा विस्कनसिनको केनोशा शहरको भ्रमण

विराटनगर, १७ भदौ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विस्कनसिनको केनोशा शहरको भ्रमण गरेका छन्।

प्रहरीको मनोबल उच्च पार्न भन्दै र प्रहरीमा आफ्नो साथ रहेको सन्देश दिन उनले भ्रमण गरेको बताइएको छ । केनोशाका मेयर तथा विस्कनसिनका गभर्नरले राष्ट्रपतिलाई नआउन भने पनि ट्रम्प त्यहाँ गएका हुन्। २९ वर्षका अश्वेत ज्याकोब ब्लेकको ढाडमा प्रहरीले सातपटक गोली प्रहार गरेपछि रंगभेद तथा प्रहरी ज्यादतीविरुद्ध केनोशामा लगातार प्रदर्शन हुँदै आएको छ ।

ब्लेकमाथि भएको प्रहरी ज्यादतीको रिोधमा भएका प्रदर्शनले केही स्थानमा हिंसात्मक रुप लिइरहँदा ट्रम्पले त्यसलाई ‘आन्तरिक आतंकवाद’ को रुपमा ब्याख्या गरेका छन् । ज्याकोब ब्लेकमाथि अगस्ट २३ मा प्रहरीले उनका तीन सन्तानकै सामुन्ने कारमा पस्नका लागेका बेला गोली प्रहार गरेको थियो । गम्भीर घाइते भएका उनी हाल अस्पतालमा उपचाररत रहेका छन्।

ट्रम्पले उनका परिवारसँग भने भेटेनन् । अमेरिकामा पछिल्लो समय संस्थागत रुपमा रहेको रंगभेद विरुद्ध लगातार प्रदर्शन हुँदै आए पनि ट्रम्पले त्यसलाई अस्वीकार गर्दै आएका छन्।

Loading...