Rumpum

Rumpum Advertisement

ट्रिनबागोसँग सन्दीपको टोली जमैका पराजित

ट्रिनबागोसँग सन्दीपको टोली जमैका पराजित

एजेन्सी, १७ भदौ । क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा नेपाली लेग स्पीनर सन्दीप लामिछाने सम्मेलित टोली जमैका तल्लावाजले चौथो हार ब्यहोरेको छ ।

मंगलबार राति आफ्नो सातौं खेल खेलेको जमैका ट्रिनबागो नाइट राइडर्ससँग १९ रनले पराजित भएको हो ।

ट्रिनिडाडस्थित ब्रियन लारा स्टेडियमा भएको खेलमा ट्रिनबागोले दिएको १८५ रनको लक्ष्य पछ्याएको जमैकाले निर्धारित २० ओभर खेल्दा ६ विकेटको क्षतिमा १६५ रन मात्र बनाउन सक्यो ।

जमैकाका लागि आन्द्रे रुसेलले अर्धशतक पूरा गरे । उनले ५ चौका र ४ छक्काको सहयतामा ५० रन बनाए । ग्लेन फिलिप्सले ४१ रन जोड्दा कुम्राह बोनरले २६ रन लिए ।

ट्रिनबागोका फवाद अहमदले दुई विकेट लिए ।

त्यसअघि टस हारेर मैदान उत्रिएको ट्रिनबागोले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८४ रन जोडेको थियो ।

ट्रिनबागोका लागि कोलिन मुर्नोले अर्धशतकीय इनिग्स खेलेका थिए । उनले १० चौका र एक छक्काको सहायतामा ६५ रन जोडेका थिए ।

यसैगरी सुनिल नारिनेले २९ रन बनाउँदा लेन्ड सिमोनले २५ रन जोडे । यस्तै टिम सेफर्टले १८ रन जोड ।

बलिङतर्फ कार्लोस ब्रेथवेटले २ विकेट लिँदा फिदल इडवार्ड र सन्दीपले समान एक–एक विकेट लिए ।

सन्दीपले चार ओभर बलिङ गर्दा २० रन खर्चिएर १ विकेट लिए । यससँगै उनले जारी सीपीएलमा दसौं विकेट लिए ।

यससँगै ट्रिनबागोले आफ्नो विजयी यात्रा कायमै राखेको छ । सातै खेल जितेको ऊ १४ अंकका साथ शीर्ष स्थानमा छ ।

पराजित जमैका भने ऊ ६ अंकका साथ लिगको चौथो स्थानमा रहेको छ । पछिल्ला ७ खेलमध्ये जमैकाले तीन खेलमा जित र चार खेलमा हार व्यहोरेको छ ।