Rumpum

Rumpum Advertisement

लुटपाटको आरोपमा चार पक्राउ

लुटपाटको आरोपमा चार पक्राउ

विराटनगर, १७ भदौ । पेस्तोल देखाएर लुटपाट गर्ने समूहमा संलग्न रहेको आरोपमा मोरङ प्रहरीले चार जनालाई मंगलबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कटहरी गाउँपालिका–२ का युवाहरु रहेका छन् । प्रहरीले अनुसन्धानका क्रममा रविन शर्मालाई घरबाटै नियन्त्रणमा लिएको थियो । उनको घरमा खानतलासी गर्ने क्रममा प्रहरीले तीनवटा गोलीसहित पेस्तोल बरामद गरेको स्थानीयले बताए ।

स्थानीयका अनुसार शर्माले ड्रेसिङ टेवल मुनी लुकाएर राखेको अवस्थामा प्रहरीले पेस्तोल भेटेको हो । काठ मिस्त्रीको काम गर्ने शर्मासँगै प्रहरीले मोटरसाइकल मेकानिक किशन साहलाई पनि पक्राउ गरेको छ ।

अन्य दुई जनाको पहिचान खुलेको छैन । प्रहरीले यस घटनाका बारेमा केही खुलाएको छैन । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले घटनाका बारेमा अनुसन्धान भइरहेकाले केही पनि खुलाउन नमिल्ने बताए । आजको उद्घोष दैनिकमा समाचार छ