Rumpum

Rumpum Advertisement

ट्रिनबागोद्वारा सन्दीपको टोली जमैकालाई १८५ रनको लक्ष्य

ट्रिनबागोद्वारा सन्दीपको टोली जमैकालाई १८५ रनको लक्ष्य

एजेन्सी, १६ भदौ । क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा नेपाली लेग स्पीनर सन्दीप लामिछाने सम्मेलित टोली जमैका तल्लावाज र ट्रिनबागो नाइट राइडर्सले खेलिरहेका छन् ।

ट्रिनिडाडस्थित ब्रियन लारा स्टेडियमा जारी खेलमा ट्रिनबागोले जमैकालाई १८५ रनको लक्ष्य दिएको छ । टस हारेर मैदान उत्रिएको ट्रिनबागोले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८४ रन जोडेको हो ।

ट्रिनबागोका लागि कोलिन मुर्नोले अर्धशतकीय इनिग्स खेले । उनले १० चाैका र एक छक्काकाे सहायतामा ६५ रन जोडेका थिए । यसैगरी सुनिल नारिनेले २९ रन बनाउँदा लेन्ड सिमोनले २५ रन जोडे । यस्तै टिम सेफर्टले १८ रन जोड ।

बलिङतर्फ कार्लोस ब्रेथवेटले २ विकेट लिँदा फिदल इडवार्ड र सन्दीपले समान एक–एक विकेट लिए ।

सन्दीपले चार ओभर बलिङ गर्दा २० रन खर्चिएर १ विकेट लिए । यससँगै उनले जारी सीपीएलमा दसौं विकेट लिए ।

यस खेलमा जमैका चौथो जितको खोजीमा छ । पछिल्ला ६ खेलमध्ये जमैकाले तीन खेलमा जित र तीन खेलमा हार व्यहोरेको छ । ऊ ६ अंकका साथ लिगको चौथो स्थानमा रहेको छ ।

यता, ट्रिनबागो भने लिगमा अपराजित टोली हो । ६ वटै खेलमा जित निकालेको ऊ लिगको शीर्ष स्थानमा छ ।