सीपीएलमा सन्दीपको दसौं विकेट

एजेन्सी, १६ भदौ । नेपाली लेग स्पीनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा दसौं विकेट लिएका छन् ।

ट्रिनबागो नाइट राइडर्सविरुद्ध एक विकेट लिएसँगै जमैका तल्लावाजका खेलाडी सन्दीपले दसौं विकेट पुर्‍याएका हुन् ।

ट्रिनिडाडस्थित ब्रियन लारा स्टेडियमा जारी खेलमा सन्दीपले लेन्ड सिमोनलाई आउट गरेका हुन् ।

यसअघि सन्दीपले सीपीएलमा ६ खेल खेल्दा ९ विकेट लिइसकेका छन् ।

सन्दीपले सीपीएलमा व्यक्तिगत कीर्तिमान बनाएका छन् । लगातार तेस्रो पटक प्रतियोगिता खेलिरहेका सन्दीपले प्रतियोगितामा अघिल्ला सिजनभन्दा धेरै विकेट लिन सफल भएका हुन् ।

उनले पछिल्लो दुई संस्करणमा भन्दा यस सिजन सर्वाधिक धेरै विकेट लिन सफल छन् ।

जारी प्रतियोगितामा सन्दीपले ७ खेल खेल्दै १० विकेट हात पारेका छन् । जुन अघिल्लो संस्करणको भन्दा धेरै हो ।

सन्दीपले सन् २०१८ मा पहिलो पटक सीपीएल खेलेका थिए । सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबाट पहिलो सिजन खेलेका सन्दीपले ५ खेलमा ७ विकेट हात पारेका थिए ।

Loading...