वीरगञ्जमा ४२ कोरोना संक्रमित निको भइ घर फर्किए

वीरगञ्ज, १६ भदाै । वीरगञ्जबाट मंगलबार साँझ ४२ जना कोरोना संक्रमितहरू निकाे भइ घर फर्किएका छन् ।

वीरगञ्जका विभिन्न अस्पतालको आसोलेसनमा उपचाररत रहेका संक्रमितहरूमध्ये ४२ जना कोरोना निको भइ घर फर्किको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ।

यो सँगै पर्सामा कोरोनामुक्त हुनेहरूको संख्या ७ सय ४७ पुगेको छ ।

यसैबीच आजसम्म पर्सामा कोरोना संक्रमितहरूको संख्या २ हजार २ सय ११ पुगेको छ । हालसम्म पर्सामा १ हजार ७ सय १८ जना पुरूष र ४ सय ९३ जना महिलामा कोरोना संक्रमण देखिएको प्रशासनले जनाएको छ ।

यता कोरोना संक्रमणबाट पर्सामा मृत्यु हुनेहरूको संख्या ३९ पुगेको छ ।

Loading...