लामखुट्टेको टोकाइबाट बच्ने केही सजिलो उपायहरू

विराटनगर, १६ भदौ । गर्मीको समयमा घरमा लामखुट्टेले आतंक नै मच्चाएको हुन्छ ।

झन् सुतिरहेको बेलामा लामखुट्टेहरूले धेरै टोक्ने गर्छन् । राति सुत्दा लामखुट्टेले मानिसको शरीरले उत्पादन गरेको ताप महशुस गर्न सक्ने हुँदा राति लामखुट्टेले धेरै टोक्ने गर्छन् ।

साथै, सुतेको बेला मानव शरीरले धेरै रसायनहरू उत्पादन गर्छ जुन लामखुट्टेलाई धेरै मनपर्ने हुन्छ । लामखुट्टेले राति सुतेको समयमा कानमा कराएर निन्द्रामा बाधा समेत पुर्‍याउने गर्छन् ।

लामखुट्टेको टोकाइले डेंगू, मलेरियालगायतका विभिन्न रोगहरू फैलाउन सक्ने हुँदा लामखट्टेबाट सतर्क रहन आफैंले विभिन्न उपायहरू अपनाउनु पर्छ ।

लामखुट्टे गाढा रंगमा बढी आकर्षित हुन्छन् । त्यसैले राति सुत्दा हल्का रंगका लुगाहरू लगाउँदा लामखुट्टेको टोकाइ केही हदसम्म कम हुन्छ ।

राति सुत्दा पूरै शरीर ढाकिनेगरि शर्ट र सुरुवाल लगाउँदा लामखुट्टेको टोकाइबाट बच्न सकिन्छ ।

सुत्दा फ्यानको स्पिड टेज गर्दा पनि केही हदसम्म लामखुट्टेको टोकाबाट बच्न सकिन्छ ।

एक सुरक्षित र प्रमाणित मच्छर भगाउने क्रिमको प्रयोग गर्न सकिन्छ । काटेको ठाउँ, घाउ वा सुन्निने छालामा भने क्रिम लगाउनु हुँदैन ।

साथै, आँखा वा मुखको नजिक पनि उक्त क्रिमको प्रयोग हानिकारक हुन सक्छ । दुई महिनामुनिका बच्चाहरूमा पनि लामखुट्टे भगाउने क्रिमको प्रयोग गर्नहुँदैन ।

बजारमा पाइने रसायनयुक्त प्रडक्टले मच्छर भगाउनभन्दा पनि स्वास्थ्यलाई हानी पुर्‍याउन सक्ने हुँदा लामखुट्टेको टोकाइवाट बच्न सबैभन्दा पुरानो र सजिलो तरिका भनेको झुल प्रयोग गर्नु हो ।  

Loading...