निशानको ‘आँटो पीठो’मा पल र एलिजा (भिडियोसहित)

विराटनगर, १६ भदौ । गायक निशान भट्टराईको ‘आँटो पीठो’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

गीतको म्युजिक भिडियो लाईमलाईट नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा निशानलाई गायिका सोनिका लामाले आवाजमा साथ दिएकी छन् ।

दीपक शर्माको शब्द तथा सङ्गीत रहेको गीतलाई नरेन्द्र वियोगीले एरेन्ज गरेका छन् । सार्वजनिक भिडियोमा अभिनेता पल शाह र अभिनेत्री एलिजा गौतमको प्रस्तुति रहेको छ ।

गीतमा आफ्नै देशमा बसेर आँटो-पीठो खाएर भएपनि परिवारलाई स्वर्ग बनाउँने सन्देश दिएको छ ।

टेकेन्द्र शाहको निर्देशन र सम्पादनमा तयार भएको भिडियोमा गम्भीर विष्टको कोरियोग्राफी रहेको छ ।

भिडियोलाई रामकुमार केसीले छायांकन गरेको हुन् । यो पल र एलिजा अभिनित पहिलो म्युजिक भिडियो रहेको छ ।

लकडाउनकै अवधिमा एलिजा र दुर्गेश थापाको ‘आँधी कपाल’ र पुष्प खड्कासंगको ‘म सास बन्न पाए’ सार्वजनिक भएको छ ।

Loading...