ओलीले गरे बंगलादेशका प्रधानमन्त्रीसँग मल आपूर्तिका लागि अनुरोध

काठमाडौं, १६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका प्रधानमन्त्री शेख हसिनाबीच टेलिफोन वार्ता भएको छ ।

मंगलबार दिउँसो भएको टेलिफोन कुराकानीमा समकक्षी हसिनासँग आफूले नेपालमा तत्काल युरिया मलको आपूर्तिका लागि अनुरोध गरेको जनाएका छन् ।

उक्त अनुरोधलाई हसिनाले सकारात्मक रूपमा लिएको प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत जानकारी दिएका छन् ।

Loading...