कोरोना महामारीबीच भारतमा कलेजस्तरीय परीक्षा सुरु

एजेन्सी, १६ भदौ । भारतमा कोरोना भाइरसको संक्रमण उत्कर्षमा पुगिरहेको बेला कलेजस्तरीय परीक्षा सुरु भएको छ ।

भारतमा हाल कोरोना संक्रमितको संख्या ३६ लाख ९४ हजारभन्दा धेरै छ । जसमा ६५ हजारभन्दा धेरैले ज्यान गुमासकेका छन् ।

तर, यस्तो विषम परिस्थितिमा पनि भारतमा कलेजस्तरीय परीक्षा सुरु भएको हो । भारतको सर्बोच्च अदालतले विद्यार्थीको वार्षिक परीक्षा रोक्न नमिल्ने आदेश जारी गरेपछि परीक्षा सुुरु भएको हो ।

इन्जिनियरिङतर्फको परीक्षामा ८ लाख ५० हजार विद्यार्थी सहभागी छन् । भारतमा २५ लाख विद्यार्थीको कलेजस्तरीय प्रवेश परीक्षा लिइने भएको छ ।

पहिलो चरणको ६ दिनको परीक्षा ६ सय ६० केन्द्रमा सावधानीका साथ लिने तयारी गरिएको छ ।

Loading...