बढ्यो पेट्रोलको मूल्य

काठमाडौं, १६ भदौ । पेट्रोलको मूल्यमा वृद्धि भएको छ । नेपाल आयल निगमले मंगलबार विज्ञप्ति जारी गर्दै पेट्रोलको मूल्यमा २ रुपैयाँ प्रतिलिटर वृद्धि गरेको जानकारी दिएको छ ।

योसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७ रूपैयाँ पुगेको छ । वृद्धि भएको मूल्य मंगलबार राति १२ बजेपछि लागू हुने विज्ञप्तिमा जनाइएको छ ।

डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत् नै रहेको निगमले जनाएको छ ।

Loading...