सिरहामा थप एक कोरोना संक्रमितको मृत्यु

लहान, १६ भदाै । सिरहामा थप एक कोरोना संक्रमितको मृत्यु भएकाे छ । कोरोना पुष्टि भएका सिरहाको मिर्चैया नगरपालिका–६ बस्ने एक जनाको मृत्यु भएको छ ।

५५ वर्षीय उनी उच्च रक्तचाप र मधुमेहको बिरामी रहेको चिकित्सकले जनाएका छन् ।

उपचारको क्रममा उनको सोमबार राति बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले बताए ।

मृतक पुरुष मिर्चैया नगरपालिकाको कृषि तथा पशु शाखामा कार्यरत्त निजामती कर्मचारी रहेको बुझिएको छ ।

यससँगै सिरहामा कोरोनाबाट मृतकको संख्या १ महिला र ७ पुरुष गरी ८ पुगेको छ ।

Loading...