पूर्वक्लब सेभिल्ला फर्किए राकिटिक

एजेन्सी, १६ भदौ । क्रोएशियन मिडफिल्डर इभान राकिटिक पूर्वक्लब सेभिल्ला फर्किएका छन् । बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्ड कोइम्यानको रोजाइमा नपर्ने पक्का भएपछि ३२ वर्षीय राकिटिक फेरि सेभिल्ला फर्किएका हुन् ।

sdaf

सेभिल्लाले मंगलबार दुवै पक्ष आपसी समझदारीमा पुगेको जनाउँदै राकिटिकलाई २ वर्षका लागि क्लब फर्काएकाे जनाएकाे छ ।

क्याप नोउमा ६ सिजन बिताएका उनले सोमबार पूर्वक्लब सेभिल्लामा मेडिकल टेस्ट पनि गरेका थिए ।

राकिटिकका एजेन्टका अनुसार दुवै पक्षको छलफलअनुसार २ वर्षको सम्झौता भएको छ ।

राकिटिकले पूर्वक्लब रोज्दा धेरै महँगोमा सम्झौता नगरेको बताइएको छ । खबरका अनुसार उनले दुई वर्षका लागि ५.४ मिलियन पाउण्डमा सम्झौता गरेका छन् ।

सो सम्झौताअनुसार राकिटिकले क्लबबाट वार्षिक २ दशमलब ७ मिलियन पाउण्ड पाउनेछन् ।

सन् २०१४ मा क्याप नोउ आएका उनले बार्सिलोनासँग आफैंले अर्को क्लब जाने बताएका हुन् । बार्सिलोनामा पूर्वप्रशिक्षकद्वय अर्नेस्टो भाल्भेर्डे र क्वीक सेटिन रहँदा उनले कमै मौका पाएका थिए ।

अब, नयाँ प्रशिक्षक रोनाल्ड कोइम्यानको प्रोजेक्टमा भने उनी रहेका छैनन् । यसैले उनी पूर्वक्लब फर्किएको बताइएको छ । उनले बार्सिलोनाका लागि ३१० खेल खेलेका छन्, जसमा उनले ३६ गोल गरेका छन् ।

Loading...