सुधीर र रियाशाको ‘माया नैनी ताल’ (भिडियोसहित)

विराटनगर, १६ भदौ । सुधीर श्रेष्ठ र रियाशा दाहाल फिचर्ड रहेको ‘माया नैनी ताल’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

गीतको म्युजिक भिडियो दी डिभाइन म्युजिक नामको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा गायक सरोज साजन श्रेष्ठको शब्द, स्वर तथा संगीत रहेको छ । सार्वजनिक भिडियोमा सुधीर श्रेष्ठ र रियाशा दाहालसँगै सुशील रेग्मी, अनामिका बाराकोटीलगायतको प्रस्तुति रहेको छ ।

विधान कार्कीको निर्देशनमा तयार भएको भिडियोलाई सुरेन्द्र बसेलके कोरियोग्राफ गरेका हुन् । उत्सव दाहालको छायांकन रहेको भिडियोमा विकास दाहालको सम्पादन रहेकाे छ ।

गीतलाई देर्शकहरूले निकै मनपराइरहेका छन् । सार्वजनिक भएको २४ घण्टा नबित्दै गीत ट्रेन्डिङमा पर्नसमेत सफल भएको छ ।

Loading...