२१ नेपाली सेनासहित ३१ जनामा कोरोना संक्रमण

डोटी, १६ भदौ । डोटीमा २१ जना नेपाली सेनासहित ३१ जनामा कोरोना संक्रमण देखिएको छ ।

जिल्ला अस्पताल डोटीमा रहेको पिसिआर प्रयोगशालामा मंगलबार ७७ जनामा गरिएको कोरोना परीक्षणमा २१ नेपाली सेनासहित ३१ जनाको नतिजा पोजेटिभ आएको हो ।

संक्रमित हुनेहरूमा दिपायल सिलगढी नगरपालिका–४ को सुल्लेखमा रहेको सुदूरपश्चिम पृथना मातहतको गुरुदल गुल्मका २१ जना नेपाली सेनामा संक्रमण पुष्टि भएका अस्पतालका मोलेकुलर ल्याव इञ्चार्ज शौरभ श्रेष्ठले जानकारी दिएका छन् ।

Loading...