Rumpum

Rumpum Advertisement

विराटनगरमा भदौ २२ सम्म निषेधाज्ञा,निजी सवारी सञ्चालनमा जोर बिजोरको नियम

विराटनगरमा भदौ २२ सम्म निषेधाज्ञा,निजी सवारी सञ्चालनमा जोर बिजोरको नियम

विराटनगर, १६ भदौ । समुदायस्तरमा संक्रमण देखिएको विराटनगरसहित मोरङ जिल्लामा एकसाता निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरसहित जिल्लाभर जारी निषेधाज्ञालाई खुकुलो प्राबधानसहित एक साता थप गरेको हो ।

५ भदौबाट सुरु निषेधाज्ञा दोस्रो पटक थप गर्दै २२ भदौ राति १२ बजेसम्म लम्ब्याउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

निषेधाज्ञा खुकुलो पारेको स्थानीय प्रशासनले सार्वजनिक सवारी सञ्चलनमा प्रतिबन्ध यथावत राखेको छ । निजी सवारी सञ्चालनमा भने जोर बिजोर प्रणाली लागू गरेको छ । निषेधाज्ञाको अबधिमा जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका निजी सवारी साधन सञ्चालन गर्न पाइने छ ।

सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाए पनि सिटीरिक्सा सञ्चालन गर्न खुल्ला गरिएको छ । सिटी सफारी सञ्चालन गर्दा दुई जना भन्दा बढी यात्रु राख्न पाइने छैन् ।

बजार तथा पसल अब ४ बजेसम्म खुल्ला गरिने छ । निषेधाज्ञामा सैलुन, ब्युटीपार्लर, हाटबजार, जीमखाना बन्द रहनेछन् ।