काठमाडौं उपत्यकामा ४८१ नयाँ संक्रमित थपिए

काठमाडौं, १६ भदाै । काठमाडाैं उपत्यकामा मंगलबार थप ४८१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उपत्यकामा थप ४८१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।

उपत्यकामा सङ्क्रमित हुनेहरूमा काठमाडौँमा तीन सय ९३ जना, ललितपुरमा ५८ जना र भक्तपुरमा ३० जना रहेका छन् ।

Loading...