Rumpum

Rumpum Advertisement

निशानको ‘आँटो पीठो’मा पल र एलिजा (भिडियोसहित)

निशानको ‘आँटो पीठो’मा पल र एलिजा (भिडियोसहित)

विराटनगर, १६ भदौ । गायक निशान भट्टराईको ‘आँटो पीठो’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

गीतको म्युजिक भिडियो लाइमलाइट नेपालको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो । गीतमा निशानलाई गायिका सोनिका लामाले आवाजमा साथ दिएकी छिन् । दीपक शर्माको शब्द तथा संगीत रहेको गीतलाई नरेन्द्र वियोगीले एरेन्ज गरेका छन् । सार्वजनिक भिडियोमा अभिनेता पल शाह र अभिनेत्री एलिजा गौतमको प्रस्तुति रहेको छ ।

गीतमा आफ्नै देशमा बसेर आँटो पीठो खाएर भए पनि परिवारलाई स्वर्ग बनाउँने सन्देश दिएको छ । टेकेन्द्र शाहको निर्देशन र सम्पादनमा तयार भएको भिडियोमा गम्भीर बिष्टको कोरियोग्राफी रहेको छ । भिडियोलाई रामकुमार केसीले छायांकन गरेको हुन् । यो पल र एलिजा अभिनित पहिलो म्युजिक भिडियो रहेको छ ।

लकडाउनकै अवधिमा एलिजा र दुर्गेश थापाको ‘आधी कपाल’ र पुष्प खड्कासँगको ‘म सास बन्न पाए’ सार्वजनिक भएको छ ।