आज थप ११ जनाको कोरोनाबाट मृत्यु

विराटनगर, १६ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या २३९ पुगेको छ ।

मंगलबार ११ जनाको मृत्यु भएसँगै संक्रमणको कारण ज्यान गुमाउनेको संख्या २३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार आज १० पुरुष र ४ वर्षीया एक बालिका गरी १४ जनाको मृत्यु भएको हो ।

आज ३४४ महिला र ७२५ पुरुष गरी थप १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या १८ हजार १२२ रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या २२ हजार १७८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ७६८ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

Loading...