Rumpum

Rumpum Advertisement

मंगलबार थप ७६८ जना कोरोना संक्रमणमुक्त

मंगलबार थप ७६८ जना कोरोना संक्रमणमुक्त

विराटनगर, १६ भदौ । नेपालमा मंगलबार थप ७६८ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको पत्रकार सम्मेलनमा थप ७६८ जनाले कोरोना जितेको जानकारी दिएको छ ।

यससँगै संक्रमणमुक्त हुनेको संख्या २२ हजार १७८ पुगेको छ ।

आज ३४४ महिला र ७२५ पुरुष गरी थप १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या १८ हजार १२२ रहेको छ ।

यसैगरी कोरोना संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या २३९ पुगेकाे छ । मंगलबार थप ११ जनाकाे काेराेनाबाट ज्यान गएकाे मन्त्रालयले जानकारी दिएकाे छ ।