Rumpum

Rumpum Advertisement

सोलुखुम्बुमा पहिरो : मलामी गएर फर्किएका तीन जना घाइते, एकको अवस्था गम्भीर

सोलुखुम्बुमा पहिरो : मलामी गएर फर्किएका तीन जना घाइते, एकको अवस्था गम्भीर

सोलुखुम्बु, १६ भदौ । सोलुखुम्बुको वाकुमा पहिरोसहित खसेको ढुंगाले लागेर तीन जना घाइते भएका छन् । गम्भीर घाइते भएका एक जनालाई हेलिकप्टरमार्फत उद्धार गरी काठमाडाँै पठाइएको छ ।

माप्यदूधकोशी गाउँपालिका–६ वाकुको वाप्सामा एक जनाको मृत्यु भएपछि दाहसंस्कार गर्न खोलामा गएको र फर्कने क्रममा बाटोमा करिब ५० मिटर माथिबाट ढुङ्गा खसेर लाग्दा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मन्दिप चौहानले जानकारी दिए ।

गम्भीर घाइते हुने माप्यदूधकोशी गाउँपालिका–६ वाकुका ३८ वर्षीय दिलबहादुर मगरलाई हेलिकप्टरमार्फत मङ्गलवार उद्धार गरिएको हो । उनको देब्रे खुट्टा, देब्रे हात र टाउकोमा चोट लागेको छ ।

अर्का २५ वर्षीय जीतबहादुर मगरको दाहिने खुट्टा र ढाडमा चोट लागेकाले जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ । २३ वर्षीय मदन मगरको अवस्था भने सामान्य भएकाले घरमै सामान्य उपचार भइरहेको छ ।