Rumpum

Rumpum Advertisement

संक्रमितको संख्या ४० हजार नाघ्यो

संक्रमितको संख्या ४० हजार नाघ्यो

विराटनगर, १६ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि हुनेको संख्या ४० हजार नाघेको छ ।

मंगलबार थप १ हजार ६९ नयाँ संक्रमित थपिएसँगै कोरोनाबाट संक्रमण हुनेको संख्या ४० हजार ५२९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज ३४४ महिला र ७२५ पुरुष गरी थप १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

विभिन्न ३९ प्रयोगशालामा गरिएको १२ हजार ८८ जनाको परीक्षणमा थप १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १८ हजार १२२ रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या २२ हजार १७८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ७६८ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

यसैगरी कोरोना संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या २३९ पुगेकाे छ । मंगलबार थप ११ जनाकाे काेराेनाबाट ज्यान गएकाे मन्त्रालयले जानकारी दिएकाे छ ।