इब्राहिमोभिकले मिलानसँग एक वर्ष सम्झौता थपे

एजेन्सी, १६ भदौ । स्वीडिस खेलाडी ज्लाटान इब्राहिमोभिकले इटालियन क्लब एसी मिलानसँग सम्झौता थपेका छन् ।

जनवरी २०२० मा ६ महिनाका लागि सम्झौता गर्दै मिलान फर्किएका ३८ वर्षीय इब्राहिमोभिकले पुनः एक वर्ष सम्झौता थपरेका हुन् । उनले ३० जनु २०२१ सम्मका लागि सान सिरोका लागि सम्झौता लम्ब्याएका हुन् ।

सम्झौता थपेसँगै उनी प्रि–सिजनको तयारीमा रहेको मिलानको टोलीमा फर्किएका छन् । यसै वर्षको जनवरीमा दोस्रो पल्ट मिलान आएका उनले अघिल्लो सिजन १८ खेल खेल्दा १० गोल गरेका थिए ।

त्यसअघि सन् २०१० मा पहिलो पल्ट मिलान आउँदा उनले त्यही सिजन ‘सिरी ए’ उपाधि जितेका थिए ।

उनले आफ्नो लाको खेल जीवनमा युभेन्टस, इन्टर मिलान, पेरिस सेन्ट जर्मेन (पीएसजी), म्यानचेस्टर युनाइटेड र एलए ग्यालेक्सीका लागि पनि खेलेका छन् ।

Loading...