डब्ल्यूएचओको चेतावनी : खोपको स्वीकृति हतारमा नदिऔं

विराटनगर, १६ भदौ । कोरोना भाइरस खोपलाई स्वीकृति दिने प्रक्रियालाई गम्भीरता साथ अपनाउन आवश्यक भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चेतावनी दिएको छ ।

संयुक्त राष्ट्रको स्वास्थ्य संगठनकी मुख्य वैज्ञानिक सौम्या स्वामीनाथनले सबै देशहरूलाई ट्रायल पूरा नगरिएका औषधिलाई स्वीकृति दिने अधिकार भए पनि यसलाई हल्कारुपमा लिन नहुने चेतावनी दिएकी हुन् । खोपको जोखिमभन्दा फाइदाहरू बढी छ भने अमेरिकी खाद्य तथा औषधि प्रशासनका प्रमुखले कोभिड खोपलाई आधिकारिक बनाउन सामान्य स्वीकृति प्रक्रिया बाईपास गर्न इच्छुक छन् ।

रुसले यस महिनामा कोभिड खोपलाई नियामक स्वीकृति प्रदान गरिसकेको छ । दुई महिनाभन्दा कम मानव परीक्षण गरेर स्वीकृति प्रदान गरेको हुँदा केही पश्चिमी विज्ञहरूले यसको सुरक्षा र प्रभावकारितामाथि प्रश्न उठाएका छन् । डब्ल्यूएचओका अनुसार यतिबेला ३३ ओटा खोपको क्लिनिकल ट्रायल चलिरहेको छ र एक सय ४३ खोप अहिले पनि पूर्व–परीक्षण मूल्यांकनको चरणमा छन् ।

यसबाहेक डब्ल्यूएचओले पर्याप्त प्रबन्धविना लकडाउन हटाइरहेका देशहरूलाई पनि चेतावनी दिएको छ ।

Loading...