Rumpum

Rumpum Advertisement

पीएसजीका दुई खेलाडीमा कोरोना संक्रमण

पीएसजीका दुई खेलाडीमा कोरोना संक्रमण

एजेन्सी, १६ भदौ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले आफ्ना दुई खेलाडीमा कोरोना भाइरस संक्रमण भएको जनाएको छ । सोमबार सामाजिक सञ्जाल ट्वीटमार्फत पीएसजीले आफ्ना दुई खेलाडीमा कोरोना संक्रमण भएको जनाएको हो ।

ट्वीटरमा उसले दुई खेलाडीमा कोरोना संक्रमणको शंका गरेको जनाएको छ । तथापि, उसले खेलाडीको नाम खुलाएको छैन ।

‘पीएसजीभित्रका दुई खेलाडीमा कोरोना संक्रमणको शंका गरिएको छ । उनीहरूको स्वास्थ्यअवस्था सामान्य छ,’ पीएसजीले ट्वीटमा भनेको छ ।

पीएसजी अहिले नयाँ सिजनको तयारीमा छ । २३ अगस्टमा च्याम्पियन्स लिगको फाइनल खेलेको पीएसजीले १० सेप्टेम्बरबाट नयाँ सिजनको सुरुआत गर्नेछ ।

दुई साता अघिदेखि नै लिग वान सुरु भएता पनि पीएसजीले सुरुआत गरेको छैन । डिफेन्डिङ च्याम्पियन पीएसजीले अब लेन्ससँग खेल्दै लिग वानको सुरुआत गर्नेछ ।