Rumpum

Rumpum Advertisement

पहिरामा मर्नेको संख्या ३७ पुग्यो, दुई अझै बेपत्ता

पहिरामा मर्नेको संख्या ३७ पुग्यो, दुई अझै बेपत्ता

सिन्धुपाल्चोक, १६ भदौ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीमा गत साउन ३० गते गएको पहिरामा पुरिएर मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।

सत्र वर्षीय सुवास पाख्रिनको शव आज भेटिएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

पहिरामा बेपत्ता दुईजनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी वलद्वारा खोजी भइरहेकोे प्रहरीले जनाएको छ । पहिरामा ३७ घर क्षतिग्रस्त र ३९ जना बेपत्ता भएका थिए ।